एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्ने | Khabarhub Khabarhub

एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्ने


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो ।

मलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भएपछि यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो ।

पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छँदा २३६ रनमा अलआउट भयो । २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ ।

यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ५ : ३८ बजे

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको