रुसी आक्रमणमा परी युक्रेनमा पाँच बालबालिकासहित २६ जनाको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी युक्रेनमा पाँच बालबालिकासहित २६ जनाको मृत्यु


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी आक्रमणमा परी युक्रेनमा पाँच जना बालबालिकासहित २६ जना मारिएका छन् । करिब दुई दर्जन क्षेप्यास्त्र प्रहारबाट उनीहरुको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।

यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।

करिब असी हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि वर्सिएका छन् । एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले बताएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार