सहकारीले हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा « Khabarhub

सहकारीले हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गलकोट – सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ।

गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठकले बेपत्ता भएका सञ्चालकको चल–अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका हुन्। प्रदेशसभा सदस्य सुवेदीले एक हजार दुई सय बचतकर्ता अहिले बिचल्लिमा परेको बताए।

दुवै सहकारीका सञ्चालक बेपत्ता भएको र बचतकर्ता यतिबेला आफ्नो रकम जोखिममा परेका कारण सङ्कटमा रहेको जनाउँदै उनले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा प्रदेश सभा सदस्यले जोड दिएका छन्।

बागलुङ र पोखरामा गरी इमेज सहकारीले रु एक अर्ब ९९ करोड र शिव शिखरले ४५ करोड जोखिममा पारेको जनाइएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ३८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु