आज आगामी वर्षको बजेट सार्वजनिक हुने « Khabarhub

आज आगामी वर्षको बजेट सार्वजनिक हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ।

अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।

नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ३२ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२