आज आगामी वर्षको बजेट सार्वजनिक हुने « Khabarhub

आज आगामी वर्षको बजेट सार्वजनिक हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ।

अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।

नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ३२ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,