विश्वकप छनोटको नेपाली टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने « Khabarhub

विश्वकप छनोटको नेपाली टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ।

क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो। नेपालले एसीसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ।

एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन।

आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ। त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ। लगत्तै भोलिपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो।

नेपाली टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ५४ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक