वित्तीय क्षेत्र विकास रणनीति तयार पारिने « Khabarhub

वित्तीय क्षेत्र विकास रणनीति तयार पारिने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार पारेर कार्यान्वयनमा ल्याइने जनाइएको छ ।
सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई पुनःसंरचना गरी थप सुदृढ बनाउने, वित्तीय मध्यस्थता लागत कम गरी लगानीका लागि पूँजीमा पहुँच सहज बनाइने, नियामक निकायको क्षमता वृद्धि गरी वित्तीय क्षेत्रको नियामनलाई सुदृढ बनाइने, सहरोन्मुख बस्ती र वित्तीय पहुँच नपुगेका क्षेत्रमा पहुँच पु¥याउने, डिजिल तथा मोबाइल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने लगायतका विषय बजेटमा राखिएका छन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐनलगायत वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक सुधार एवम् परिमार्जन गरिनेछ । औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बजेटमा उल्लेख छ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुनःसंरचना गरिने पनि बजेटमा जनाइएको छ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक संस्थाका रुपमा अघि बढाइने बजेटमा उल्लेख छ । ग्रामीण तहमा बीमा पहुँच पु¥याउन कार्यक्रम सञ्चालन गरिने, पूँजीबजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत् आयोजनामा लगानी गर्ने व्यवस्था गर्ने पनि बजेटमा राखिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : २८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग