सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ : प्रदीप पौडेल « Khabarhub

सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ : प्रदीप पौडेल


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँ क्षेत्र नं ५ भत्केको पुलमा आयोजित सार्वजनिक जग्गामा वृक्षरोपण कार्यक्रममा बोल्दै सोही क्षेत्रका सांसद पौडेलले सार्वजनिक जग्गाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए।

“सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्छ, काठमाडौँको महङ्गो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिको अन्त्य हुनुपर्छ”, उनले भने । काठमाडौँ क्षेत्र नं ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाको संरक्षणका लागि आफू लाग्ने उनको भनाइ थियो ।

उनले निर्मल लामा प्रतिष्ठानका नाममा सार्वजनिक जग्गामा व्यापारिक केन्द्र बनाउन नहुने बताए। सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितमा प्रयोग गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले नजिकका समूहको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा भाडामा दिए आफू विरोधमा उत्रनेसमेत बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ४९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग