साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु « Khabarhub

साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली सुरक्षागार्डलाई गोली लागेपछि उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन । 

बन्दुक बोकेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। 

गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । साउदी अरेबियाका रहेको अमेरिकी वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।

सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  १० : ३५ बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी