गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर « Khabarhub

गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युतसम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

विद्युतसम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्छ । यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौँडा र सिन्धुली वितरण केन्द्रका उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काल कल सेन्टरमा चार वटा फोन राखिएको र बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्नसक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।

उनका अनुसार यसबाट प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो पनि अन्त्य हुनेछ । कल सेन्टरमा अहिले बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने र केही समयपछि दैनिक १२ घन्टा सेवा दिने तयारीमा रहेको डिभिजन प्रमुख द्विवेदीको भनाइ छ ।

हेटौँडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले विद्युत् अवरुद्ध हुनासाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । डिभिजन कार्यालयले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रअन्तर्गतको उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ४ : ५९ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित