राजनीतिक आन्दोलनपछिको परिवर्तनलाई रुपान्तरणको चरणमा लानुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

राजनीतिक आन्दोलनपछिको परिवर्तनलाई रुपान्तरणको चरणमा लानुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केबल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छिन् । मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन् ।

उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पना गर्ने जनताको बहुदलीय जनवादको दायित्व पूरा नभएको पनि स्पष्ट पारिन् । आफ्नो छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाल राष्ट्र र नेपाली समाजका लागि गर्नुभएका योगदानहरू उच्च र अविस्मरणीय भएको उल्लेख गर्दै उनले लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका जननेता भण्डारी २०४६ सालको सफल जनआन्दोलनको सूत्राधारमध्ये एक रहेको बताइन् ।

“आन्दोलनको सफलतापश्चात् जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र बलियो नेपाली राष्ट्रियताका पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन्”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो । नेपालको माटोमा जन्मेको, नेपाली जनताको काखमा हुर्केको र यही विकास तथा परिष्कार भएको विचारका रूपमा हामीले जनताको बहुदलीय जनवादलाई लिनु पर्दछ । यो कुनै एउटा राजनीतिक दलको मात्र विचार होइन, नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो ।”

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : ५३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील