एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित  « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । भट्ट निकतम प्रतिद्वन्द्वी पदम गिरीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव राज कार्की, तृतीय उपाध्यक्षमा सन्दिप कुमार भट्टराई, महासचिवमा रविन मगर, सचिवमा ओम बहादुर क्षत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी विजयी भएको निर्वाचन संयोजक क्रान्ति सिंहले जानकारी दिए ।

संयोजक सिंहका अनुसार कोषाध्यक्षमा, बुद्धबहादुर पाण्डे र सह कोषाध्यक्षमा झपिन्द्र आचार्य चयन भएको बताए । 

युवा संयोजकमा मेहेन्द्र सिंह तामाङ, महिला संयोजकमा सुष्मा खतिवडा कटवाल चयन भएकी छन् । लेखा समिति संयोजकमा कविन्द्र कँडेल तथा लेखा समिति सदस्यहरूमा गिरिराज दुवाडी र विकास लामा निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरूमा इनुस मोसिन, इसिलाल पण्डित, झपिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गाबहादुर बिक, टङ्क बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर निर्वाचित भएका छन् ।

यस्तै विष्णु सापकोटा, मो. अजाद मन्सुर, मो. कौसर रम्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदीप पाठक र श्याम प्रसाद पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : १४ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर