अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता « Khabarhub

अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

ब्रिस्बेन सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ । 

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ । 

क्विन्सल्याण्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकप्टरका धेरै भग्नावशेष फेला पारेको तथा चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् । 

क्विन्सल्याण्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका तीस हजारभन्दा बढी सैनिक सहभागी छन् । शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : १७ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास