भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार छन् : मन्त्री बस्नेत « Khabarhub

भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार छन् : मन्त्री बस्नेत


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् ।

शनिबार दक्षिणकाली नगरपालिका– १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन् ।

उनले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैँले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे । आफू मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र वेवारिस नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । मन्त्री बस्नेतले अब कोही पनि गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे

त्यस्तै उनले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले अस्पतालको भौतिक संरचनाको पनि निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : २३ बजे

‘चिकित्सक संघको काम आन्दोलन गर्नेमात्रै भयो, यसलाई सुधार्छु’

काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. नारायण भुसालले अध्यक्ष

कोशी सरकारका सबै मन्त्री फेरिए, कांग्रेस-एमालेले दिए नयाँलाई अवसर

विराटनगर– कोशी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार

कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता

बर्दियाको बढैयातालमा एक युवकको शव भेटियो

ठाकुरबाबा– बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला

तीनकुनेको काठ गोदाममा आगलागी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा आगलागी भएको छ । आगलागीपछि