कांग्रेस जनताको पार्टी हो : प्रदीप पौडेल « Khabarhub

कांग्रेस जनताको पार्टी हो : प्रदीप पौडेल


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज काठमाडौँ आयोजना गरेको ‘महानगर सम्मेलन’मा उहाँले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

“कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”, उनले भने । नेता पौडेलले नेपाली राजनीतिको विश्वविद्यालय कांग्रेस पार्टी भएकाले कांग्रेसबाट अरु पार्टीले समेत पाठ सिक्नुपर्ने बताए ।

उनले स्वतन्त्रताको पक्षधर पार्टी कांग्रेस भएकाले कांग्रेसले स्वतन्त्रतालाई बन्देज गर्न नमिल्ने धारणा राखे । “मुलुकको विकासको नेतृत्व गरेको पार्टी कांग्रेसले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको छ, जनताको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो”, उनले भने ।

उनले कांग्रेस जनताको पार्टी हो भन्ने सन्देश दिन सके आगामी निर्वाचन सजिलै जित्न सक्ने बताए । सरकारमा बस्दा जनताको समस्या समाधान गर्न सकेनौँ भने आगामी निर्वाचन जित्न कांग्रेसलाई गाह्रो हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ५७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले