सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ : रवि लामिछाने « Khabarhub

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ : रवि लामिछाने


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् ।

आज पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”

सभापति लामिछानेले जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।

सभापति लामिछानेले रास्वपामा आउनेको लहर चलेको बताउँदै स्वार्थ लिएर यो पार्टीमा प्रवेश नगर्न आग्रह गरे । उनले भने, “हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्, स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ ।”

पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उनले त्यसतर्फ सचेत रहन आग्रह गरे।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ०८ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई