एनआरएनए कतारमा भाँडभैलो, कार्यसमितिले कागजात नदिएपछि घोटाला छानबिन अघि बढेन « Khabarhub

एनआरएनए कतारमा भाँडभैलो, कार्यसमितिले कागजात नदिएपछि घोटाला छानबिन अघि बढेन


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारको गत जुलाई २९ मा सम्पन्न दशौँ महाधिवेशनमा २०२१/२०२३ को आर्थिक प्रतिवेदनमा पारदर्शीता नदेखिएकाले पास हुन सकेको छैन ।

घोटालाको आशङ्कापछि आईसीसी सह-कोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एनसीसी कतारको लेखा समिति र कोषाध्यक्ष सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा तोकेको थियो ।

एनआरएनएको पहिलो बैठकले छानबिन समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन अनुरोध गरेकोमा छानबिन समितिले सो समयमा छानबिन नसकिएकोले थप समय माग गरेपछि एनसीसीले एक हप्ताको समयमा सक्न अनुरोध गरेको थियो । 

छानबिन समितिले निर्वतमान कार्यसमितिलाई पटकपटक मौखिक एवं पत्रमार्फत सन् २०२१/२०२३ कार्यकालको सम्पूर्ण कागजपत्र उपलब्ध गराउन अनुरोध गर्दा पनि आवश्यक कागजात उपलब्ध नगराएकोले छानबिन प्रक्रिया सम्पन्न गर्न नसकिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष कुँवरले जानकारी दिए । 

निर्वतमान कार्यसमितिसँग समन्वय गरी कागजपत्र लिन सहयोग गर्न अनुरोध गरेकोमा एनसीसी कतारले निवर्तमान कार्यसमितिका अध्यक्षलाई पत्राचार गरी ५ दिनभित्र छानबिन समितिले माग गरेको कागजपत्र उपलब्ध गराएर छानबिन समितिलाई सहयोग गर्न थप अनुरोध गरिएको प्रवक्ता कुँवरले बताए । 

उनका अनुसार निवर्तमान कार्यसमिति बाट प्राप्त सम्पूर्ण जिन्सी सामानको विवरण छानबिन समितिलाई जानकारी गराइसकेको र उनीहरूको सल्लाहबमोजिम कुनै पनि सामान प्रयोग नगरेको बताए ।

माइन्युट बुक, बैंक स्टेटमेन्ट, खर्चको बिल भरपाई लगायतका महत्वपूर्ण कागजपत्र उपलब्ध गराई छानबिन समितिलाई सहयोग गरिदिन पुन: निवर्तमान कार्यसमितिका जिम्मेवार पदाधिकारीहरूलाई अनुरोध गरिएको एनआरएनले जनाएको छ ।

यता, निवर्तमान प्रथम उपाध्यक्ष जैबी राई चाम्लिङसँग यस विषयमा बुझ्न सम्पर्क गर्दा आफू पनि त्यहीँ कार्यसमितिमा रहेकाले रकम घोटाला भएको भन्ने विश्वास नलागेको बताए । यद्यपि नयाँ कार्यसमितिले छानबिन समिति बनाएकाले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : १६ बजे

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली