एनआरएनए कतारमा भाँडभैलो, कार्यसमितिले कागजात नदिएपछि घोटाला छानबिन अघि बढेन « Khabarhub

एनआरएनए कतारमा भाँडभैलो, कार्यसमितिले कागजात नदिएपछि घोटाला छानबिन अघि बढेन


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारको गत जुलाई २९ मा सम्पन्न दशौँ महाधिवेशनमा २०२१/२०२३ को आर्थिक प्रतिवेदनमा पारदर्शीता नदेखिएकाले पास हुन सकेको छैन ।

घोटालाको आशङ्कापछि आईसीसी सह-कोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एनसीसी कतारको लेखा समिति र कोषाध्यक्ष सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा तोकेको थियो ।

एनआरएनएको पहिलो बैठकले छानबिन समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन अनुरोध गरेकोमा छानबिन समितिले सो समयमा छानबिन नसकिएकोले थप समय माग गरेपछि एनसीसीले एक हप्ताको समयमा सक्न अनुरोध गरेको थियो । 

छानबिन समितिले निर्वतमान कार्यसमितिलाई पटकपटक मौखिक एवं पत्रमार्फत सन् २०२१/२०२३ कार्यकालको सम्पूर्ण कागजपत्र उपलब्ध गराउन अनुरोध गर्दा पनि आवश्यक कागजात उपलब्ध नगराएकोले छानबिन प्रक्रिया सम्पन्न गर्न नसकिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष कुँवरले जानकारी दिए । 

निर्वतमान कार्यसमितिसँग समन्वय गरी कागजपत्र लिन सहयोग गर्न अनुरोध गरेकोमा एनसीसी कतारले निवर्तमान कार्यसमितिका अध्यक्षलाई पत्राचार गरी ५ दिनभित्र छानबिन समितिले माग गरेको कागजपत्र उपलब्ध गराएर छानबिन समितिलाई सहयोग गर्न थप अनुरोध गरिएको प्रवक्ता कुँवरले बताए । 

उनका अनुसार निवर्तमान कार्यसमिति बाट प्राप्त सम्पूर्ण जिन्सी सामानको विवरण छानबिन समितिलाई जानकारी गराइसकेको र उनीहरूको सल्लाहबमोजिम कुनै पनि सामान प्रयोग नगरेको बताए ।

माइन्युट बुक, बैंक स्टेटमेन्ट, खर्चको बिल भरपाई लगायतका महत्वपूर्ण कागजपत्र उपलब्ध गराई छानबिन समितिलाई सहयोग गरिदिन पुन: निवर्तमान कार्यसमितिका जिम्मेवार पदाधिकारीहरूलाई अनुरोध गरिएको एनआरएनले जनाएको छ ।

यता, निवर्तमान प्रथम उपाध्यक्ष जैबी राई चाम्लिङसँग यस विषयमा बुझ्न सम्पर्क गर्दा आफू पनि त्यहीँ कार्यसमितिमा रहेकाले रकम घोटाला भएको भन्ने विश्वास नलागेको बताए । यद्यपि नयाँ कार्यसमितिले छानबिन समिति बनाएकाले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : १६ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता