‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न « Khabarhub

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।

आज यहाँ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे । उनीहरु दुवैलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भए ।

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उहाँहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन् । “चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्षरूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ”, मन्त्री शर्माले भनिन्, “चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाव लिने काम छिट्टै सुरू गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।”

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।”

समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गरे ।

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ४९ बजे

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको