पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्छौँ : रोहित पौडेल « Khabarhub

पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्छौँ : रोहित पौडेल


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल रोचक हुने बताएका छन् । मंगलबार भएको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका हुन् ।

उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो ठूलो उपलब्धी हो । विशेषगरी नेपालको लागि यो सब पहिलो पटक हो । पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं । भारतसँग पनि । हो हामी यहाँ आउन योग्य थियौं र त्यसैले यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने छौं’

एसिया कप क्रिकेटमा नेपालले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तान र नेपाली टिममा फरक भनेको अनुभवमात्र रहेको रोहितले बताए ।

‘हामीले पहिलो पटक एसिया कप खेल्दै छौं । यो हाम्रो लागि र नेपालका लागि निकै खास छ । हाम्रो लागि ठूलो अवसर हो, पाकिस्तान राम्रो टिम हो, हामी पाकिस्तान र भारत दुवैलाई कडा टक्कर दिन चाहन्छौं’, उनले भने ‘मलाई लाग्छ फरक भनेको अनुभव मात्रै हो । स्किलको आधारमा, ब्याटिङ र बलिङमा दुवै टिम उस्तै हो।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ३२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका