नेपालसँग खेल्ने पाकिस्तानी टोलीको प्लेइङ ११ सार्वजनिक « Khabarhub

नेपालसँग खेल्ने पाकिस्तानी टोलीको प्लेइङ ११ सार्वजनिक


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको उद्धघाटन खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

उद्धघाटन खेलमा बुधबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ ।

नेपालविरुद्ध पाकिस्तानले पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने भएको छ । सार्वजनिक गरिएको प्लेइङ ११ अनुसार पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक रहेका छन् । त्यस्तै तेस्रो नम्बरमा बाबर आजम छन् ।

त्यस्तै मोहम्मद रिजवान, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ लगायतका खेलाडी पाकिस्तानले नेपालविरुद्ध उतार्ने छ ।

यस्तो छ पाकिस्तानको प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ५४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका