भारतको जम्मु कश्मीरमा सञ्चालित विकास परियोजनाबाट सीमावर्ती क्षेत्रका स्थानीय हर्षित « Khabarhub

भारतको जम्मु कश्मीरमा सञ्चालित विकास परियोजनाबाट सीमावर्ती क्षेत्रका स्थानीय हर्षित


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरको सीमावर्ती क्षेत्रमा केन्द्र सरकारले थालेको विकास परियोजनाबाट स्थानीयहरु हर्षित भएका छन् । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेसँगै नयाँ विकासका परियोजनाहरु पनि सुरु गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीर क्षेत्रमा हाल पर्यटन उद्योगलाई लक्षित गरी परियोजनाहरु अघि बढाइएका छन् । पर्यटन क्षेत्रमा विकासको थप पहलसँगै जम्मु कश्मीरका उरी, केरन, ताङदार, टिटाल गुरेजजस्ता स्थानमा पर्यटकीय गतिविधिमा उल्लेखनीय वृद्धि भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यस क्षेत्रमा रहेका प्राकृतिक सुन्दरता र साँस्कृतिक सम्पदालाई प्राथमिकतामा राखेर पर्यटकीय गतिविधि सञ्चालन गरिएको छ । यसबाट विकासका साथसाथै प्राकृतिक एवम् साँस्कृतिक सम्पदाको संरक्षणमा पनि टेवा पुगेको छ ।

पर्यटकीय गतिविधि बढेसँगै जम्मु कश्मीरका सडक व्यापारी, युवा व्यवसायीका साथै होटेल, रेस्टुरेन्ट व्यवसायलाई पनि टेवा पुगेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ५७ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका