एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा « Khabarhub

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल भ्रमणमा आएका हुन् ।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको उहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ । “यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ”, दूतावासले उल्लेख गरेको छ ।

भोलि बुधबारदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।

सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ । यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष यहाँ आएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : २० बजे

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा