सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते « Khabarhub

सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो ।

भ्यानमा सवार अधिका‌श शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा छन् ।

यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० की गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ५१ बजे

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि