‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि « Khabarhub

‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ ।

उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर र हेटौँडामा सञ्चालन हुने उनको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बि बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाकताक्रो, बुद्धिचाल, योग खेल र स्केटबार्ड सञ्चालन हुनेछ ।

शनिबारदेखि खेल प्रतियोगिता सुरु भए पनि महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते काठमाडौँमा गरिने भएको छ । पोखरामा सञ्चालन हुने योग खेल र स्केटबोर्डमा देशभरबाट करिब दुई सय जना खेलाडीले भाग लिने जनाइएको छ ।

ती खेलका विजेता खेलाडीलाई आइतबार पोखरा रङ्गशालामा हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने छ । महोत्सवमा हुने सबै प्रतियोगितमा सातै प्रदेशको सहभागिता रहने अध्यक्ष विष्टले बताए ।

पहिलोपटक आयोजना गर्न लागिएको ‘नेकोस खेलकुद महोत्सव’लाई बर्सेनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनमा झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ०९ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ