सप्तरीमा आगलागी हुँदा चार घर नष्ट « Khabarhub

सप्तरीमा आगलागी हुँदा चार घर नष्ट


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए । उनका अनुसार आगलागीका कारण करिब रू सात लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ४२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका