दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन स्थगित, नदीजन्य वस्तु बिक्री तथा व्यवस्थापनबारे विधेयक दर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन, चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन, विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर लगायतका समाचारले प्रमुख स्थान पाए।

सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन स्थगित

सरकार र राहत, बाल विकासलगायतका शिक्षकहरुबीच पाँचबुदे सहमति भएको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारीलगायतसँग पाँचबुदे सहमति भएको हो ।

प्रस्तावित शिक्षा विधेयक सच्याएर शिक्षकका माग सम्बोधन गर्नेलगायतका सहमतिसँगै असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

दुईपक्षबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने सहमति भएको छ ।

सरकारले जनभावनाअनुसार काम गरेन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरू अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने अवस्था रहेको बताए ।

नदीजन्य वस्तु बिक्री तथा व्यवस्थापनबारे विधेयक दर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नदीजन्य वस्तु बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक सदनमा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन विक्रि तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसदमा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सक संघ संस्थामा आबद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताए ।

‘नेपालमा शिक्षाको गुणस्तर कमजोर छ । यहाँ पढ्नु हुँदैन भन्ने गलत भाष्यको विकास गरिँदै छ । हाम्रासामु पुरानो इतिहास पनि छँदैछ । अहिले राम्रो हुँदैछ । राम्रो भएको छ । हामीले राम्रो गर्नुपर्छ । राम्रो गर्न सम्भव छ । हामी त्यो गरिरहेका छौं,’ उनले भने । उनले छात्रवृति पाउँदा मात्र उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने धारणा राखे ।

विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर

विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ ।

न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका महर्जनलाई दोषी ठहर गरेको हो ।

पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन्।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ०२ बजे

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु