पोखराका दुई महिला पत्रकार पुरस्कृत « Khabarhub

पोखराका दुई महिला पत्रकार पुरस्कृत


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’द्वारा पोखरामा क्रियाशील दुई महिला पत्रकार पुरस्कृत भएका छन् । विसं २०७९ को सो पुरस्कार पत्रकार बिनुकुमारी थापा ‘बिनु’ र विसं २०८० को बालकुमारी पौडेल ‘तारा’ लाई प्रदान गरिएको हो ।

महासङ्घको सभाकक्षमा आज आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई नगद रु २० हजार एक सय ११ राशिसहित पुरस्कारको प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गरे । उनले समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गरे ।

उनले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताए । “संसदमा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं”, उनले भने ।

समारोहमा पुरस्कृत पत्रकारद्वय थापा र पौडेलले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए । महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएबापत उनीहरूलाई पुरस्कृत गरिएको बताइन् ।

उक्त पुरस्कार कोष गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा उद्यमी मीना गुरुङले स्थापना गरेकी थिइन् । पुरस्कृत पत्रकार थापा पोखरा टेलिभिजन र पौडेल पोखरा सिटी डट कममा आबद्ध छन् । उक्त पुरस्कार हरेक वर्ष महिला पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : ३८ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत