विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या « Khabarhub

विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो ।

दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ ।

अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए ।

उनका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् । “युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ”, उनले भने, “खासगरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।”

डा अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, निष्क्रिय जीवनशैली, तनाबलगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वङ्शाणुगतका कारण पनि हुने गरेको उनको भनाइ थियो । पैतालीस वर्ष कटेपछि वर्षमा एकपटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानापन, तनावलगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताए । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उनले उल्लेख गरे ।

“बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने, अलिकति हिँड्यो भने दुःखाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन ”, डा अधिकारीले भने, “हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुःखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।”

उनका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत हृदयघात भएका बिरामी छन् । मुटुसम्बन्धी रोग विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा अधिकारीले बताए । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उनले मुटुसम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।

मुटुरोगबाट बच्ने उपाय

स्वस्थ खानेकुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने, शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अधिकारीले बताए ।

दैनिक ३० मिनेट हिँड्ने, हरियो, तरकारी र फलफूल खाने, नुन, चिनी तथा चिल्लो कम खाने, बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने, कसैसँग नरिसाउने, दैनिक छदेखि आठ घण्टा सुत्नेलगायत क्रियाकलाप गरे मुटुरोगबाट बच्न सकिने उनको भनाइ थियो ।

कार्यकारी निर्देशक डा अधिकारीका अनुसार अस्पतालमा आएकामध्ये एक हजार छ सय बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार आठ सय मानिस उपचारका लागि आउने गरेका उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : ४३ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन