परराष्ट्रमन्त्री साउद आज अमेरिका भ्रमणमा जाने | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री साउद आज अमेरिका भ्रमणमा जाने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद आज अमेरिका भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा सोमबार परराष्ट्रमन्त्री साउदले वासिङ्टनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै, उनले अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारी र अमेरिकी संसदको नेपाल ककसका उपाध्यक्ष एवं सांसद माइक केरीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी शान्ति संस्थान (यूएसआईपी)मा भेटवार्ता गर्ने, नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने, सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गर्नुका साथै गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी, एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : १६ बजे

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य दुई नाइकेलाई