विश्व पक्षघात दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरि मनाइयो  | Khabarhub Khabarhub

विश्व पक्षघात दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरि मनाइयो 


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व पक्षघात दिवस । नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको हो ।

विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आइतबार रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै नेपाल पक्षघात संघका अध्यक्ष तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट डा। राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले पक्षघात धेरैजसो वृद्धहरूमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे ।

उनले भने , ‘जनचेतनाका लागि हामीले विभिन्न पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनैपनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षघातले असर गर्छ । हामीले चेकअप गरिरहनु पर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’

डा। राजु पौडेलले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।

त्यस्तै, वरिष्ठ न्युरोलोजिस्ट डा. लेख जंग थापाले सही अस्पतालमा सही डाक्टरले उपचार गरेमा पक्षघात पूर्णरुपमा निको हुने बताए। उनले जति सक्यो छिटो उपचार गरे पक्षघात निको हुने बताए । डा. थापाले पक्षघातको उपचार नेपालमा राम्रो हुने गरेको बताए। हामी सबै मिलेर काम गर्‍यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आइतबार विश्व पक्षघात दिवस नेपालमा पनि मनाइएको छ ।

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपाल पक्षघात संघको नेतृत्वमा विभिन्न अस्पतालका न्युरोलोजिस्ट, न्युरोसर्जन यो क्षेत्रमा कार्य गर्दै आएको संघसंस्थाले स्वास्थ्य र पक्षघात सम्बन्धी प्लेकार्डसहित ओकाथन गरेको छ । साथै डाक्टर, प्यारामेडिक्स, फिजियोथेरापिष्ट, डाइटिसियनलगायतका विभिन्न सम्बद्ध पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अचानक सन्तुलन गुम्नु, बोली लर्बराउने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । उल्लेखित लक्षण देखिएको चार घण्टाभित्र अस्पताल पुग्न सके पक्षघात हुनबाट बच्न सकिने डाक्टरहरूको भनाई छ ।

पक्षघातको उपचारका लागि नेपाल पक्षघात संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ४४ बजे

परिवर्तनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई एमालेको आव्हान

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक

अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल

न्युर्योक– अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार

सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति

धरान– सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको

आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको