कोशीमा सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने | Khabarhub Khabarhub

कोशीमा सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए।

झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे ।

सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब ढल्दैन भने ।

गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन ।

समृद्धिका लगानी लगानी गर्न आह्वान
मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गरेका छन् ।
विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उनले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ कार्यसमिति गठन
समाजको आज सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : १० बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार