चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण « Khabarhub

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ । चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ ।

तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिए । 

उनले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानीलगायतका विषयमा प्रशिक्षित गरिएको बताए । उनका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।

तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका ६ जना सहभागी छन् । तालिम भोलिसम्म चल्नेछ ।

चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन् । सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भूपरिधि कार्यक्रम (ताल) का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिए ।

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ । प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन् ।

प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लुडब्लुएफ र तराई भूपरिधि कार्यक्रम (ताल) र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिएका छन् । तराई भूपरिधि कार्यक्रम (ताल)ले चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : २१ बजे

एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत

धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट

एनपीएल क्रिकेट : टस जितेर बलिङमा चितवन

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

कोलकाता– यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट

सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो 

काठमाडौं– सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ

एक करोड ९१ लाखको लागतमा चिस्यान केन्द्र

 तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा एक करोड ९१ लाख