माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ ।

जसमा १९ जना निर्वाचनमार्फत् चयन हुनेछन् भने एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

यो पनि पढ्नुहोस् :

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ३३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय