माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय « Khabarhub

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ ।

जसमा १९ जना निर्वाचनमार्फत् चयन हुनेछन् भने एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

यो पनि पढ्नुहोस् :

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ३३ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता