धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस   « Khabarhub

धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस  


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले आफू संविधान कार्यान्वयन गर्ने विषयमा प्रतिबद्ध रहेको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कांग्रेस संविधानभन्दा बाहिर नजाने बताए ।

पछिल्लो समय भइरहेका व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत रहेको भन्दै विश्वकर्माले अहिले यो पार्टीमा छलफलको विषय नबनेको बताए । तर, व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत रहेको उनको भनाई छ ।

बैठकले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पार्टीले अर्थमन्त्रीलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा राखेर सुझाव दिने निर्णय भएको उनले जानकारी दिए । बैठकले पार्टीका मन्त्रीहरुबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

सरकारले भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएकोे उनले सुनाए ।

सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको उनले बताए ।

पार्टी सभापति देउवाले धर्म निरपक्षेताका विषयमा बोलेको विषय नितान्त व्यक्तिगत भएको भन्दै उनले यसको बारेमा पार्टीमा छलफल नभएको तर्क गरे ।

बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको उनले जानकारी दिए । पछिल्लो सयम उठेका सबै विषयलाई महासमिति बैठकले जवाफ दिने उनको भनाई छ ।

यो पनि..

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : २९ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट