रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध | Khabarhub Khabarhub

रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वार्सा- पोल्याण्डले रुससँगको फिन्निश सीमानजिक सेना पठाउने तयारी थालेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला पोल्याण्डले रुसको छिमेकी फिनल्याण्डमा सेना पठाउने तयारी थालेको हो ।

पोल्याण्डले फिनल्याण्डमा ‘सैन्य सल्लाहकारहरुको समूह’ पठाउन लागेको पोल्याण्डको राष्ट्रिय सुरक्षा ब्युरोका प्रमुख ज्यारेक सिवेरियाले जनाएका छन् । रुस–फिनल्याण्ड सीमानजिकै हाइब्रिड आक्रमणको जोखिमलाई मध्यनजर गर्दै साझेदारहरुको औपचारिक आग्रहमा यस्तो तयारी थालिएको उनको भनाइ छ ।

फिनल्याण्डले हालैमात्र रुससँगको सीमाना बन्द गरेको छ । यसबारे फिनल्याण्डका अधिकारीहरुले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

यता रुसले भने फिनल्याण्डसँगको आफ्नो सीमानजिक सेना पठाउने पोल्याण्डको तयारीबारे आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ । रुसी प्रशासन क्रेमलिनले यस्तो कदमले उत्तेजना बढाउने र आफ्नो मुलुकले यसलाई धम्कीका रुपमा लिने चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले रुस फिनल्याण्ड सीमामा कुनै जोखिम नरहेको भन्दै सेना पठाउने पोल्याण्डको तयारीको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ५६ बजे

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण