खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह « Khabarhub

खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् ।

कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारे ।

उनले भने, “खेलकुदका माध्यमबाट लागुऔषध दुर्व्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए ।

जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई रु दुई लाख एक हजार र उपविजेतालाई रु एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ३७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील