एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली « Khabarhub

एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन्  ।

नेकपा एमाले चितवनले कालिका नगरपालिकामा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताए  ।

उनले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरु गरेको, रेलमार्ग सुरु गरी जनकपुरसम्म रेल पुर्‍याएको उल्लेख गरे । ‘एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको ऊर्जा सञ्चार भएको थियो । विकासको लहर ल्याउने प्रयत्न गरेका थियौँ’, उनले भने  ।

एमाले नेपाली जनताको पार्टी भएको भन्दै उनले भने, ‘हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।’ उनले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उनको सुझाव थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १४ बजे

एमालेको सचिवालय बैठक ९ बजे बस्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी – राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ,

ग्रिनल्याण्डलाई गाभ्ने ट्रम्पको चेतावनीप्रति विश्व समुदायको आक्रोश

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन