मिटरव्याज पीडित सम्पर्कमा आएनन् « Khabarhub

मिटरव्याज पीडित सम्पर्कमा आएनन्


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनुचित लेनदेन (मिटरव्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ । जसमध्ये २१ वटा निवेदनको सहमति भइसकेको छ भने १७ जना निवेदक सम्पर्कमा नआएका हुन् ।

उनीहरुलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिए । उनका अनुसार मिलापत्र भएका निवेदकबाट रु तीन करोड १५ लाख ५९ हजार ८५० पीडितले माग गरेको भए पनि रु तीन करोड १३ लाख पाँच हजार आठ सय ५० तिर्ने सहमति भएको हो ।

पीडितले लिएको रु दुई करोड ९२ लाख ५६ हजार आठ सय ५० सरकारको चलनचल्तीको व्याजदरका आधारमा रकम तिर्ने सहमति भएको हो । कार्यालयले हालसम्म १० कट्ठा १२ धुर जग्गा फिर्ता गर्ने सहमति गराएको छ । भरतपुर महानगरपालिका-४ निवासी पीडितको जग्गा भरतपुर महानगरपालिका–२ निवासी पीडकले सात कट्ठा १३ धुर फिर्ता गरेका छन् । यस्तै भरतपुर महानगरपालिका–११ का पीडितको १८ दशमलव २५ धुर र रत्ननगरका एक पीडितको दुई कट्ठा जग्गा फिर्ता गर्ने सहमति भएको श्रेष्ठले बताए ।

कार्यालयमा विसं २०८० वैशाख १९ गतेदेखि जेठ १४ गतेसम्म ६० वटा  जेठ १७ गतेदेखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका थिए । परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका र चेक बाउन्सका रहेका छन् ।

पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गापीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिपाउँ भनी निवेदन दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार