मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुग्छ : खानेपानीमन्त्री यादव | Khabarhub Khabarhub

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं पुग्छ : खानेपानीमन्त्री यादव


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं पुर्‍याइने बताएका छन् ।

आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । “दैनिक १६÷१७ घण्टा काम भइरहेको छ”, उनले भने । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ४७ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ

सुनसरी– साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र

धरौटीमा छाडेको अदालतले देखेका रवि कसुरदार हुन सक्ने पाँच आधार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग

काठमाडौं – भन्सार विभागले साढे दुई वर्षअघि लोक सेवा आयोगमार्फत

आजका समाचार : भूमिसम्बन्धी अध्यादेश जारी, रविलाई काठमाडौंमा पनि राहत र पक्राउ परे दक्षिण कोरियाली राष्ट्रपति

भूमिसम्बन्धी संशोधन अध्यादेश पनि जारी गरे राष्ट्रपतिलेराष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी