दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ मा तोकिने, बालकुमारी प्रदर्शनमा २ जनाकाे मृत्यु, बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय, सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा, गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ मा तोकिने

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

बालकुमारी प्रदर्शनमा २ जनाकाे मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उनले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताए ।

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उनले मृत्यु भएका दुईमध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।

इपीएसको विषयमा प्रदर्शन रोक्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएसको विषयलाई लिएर भइरहेका गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले पानीजहाज निर्माण (सीप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको बताएको छ ।

बालकुमारी घटनाबारे रवि लामिछानेको प्रतिक्रिया : दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्ने बनाइदिए

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनाले गृह मन्त्रालयको असक्षमता फेरि एकपटक उदांगो भएको प्रतिक्रिया दिएका छन् ।

बालकुमारीमा शुक्रबार प्रहरीको लाठीचार्जबाट दुई जनाको प्रदर्शनकारीको ज्यान गएको घटनामा आफू मर्माहत भएको लामिछानेले बताएका छन् ।

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले गर्‍यो प्रदर्शन

रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रर्दशनका क्रममा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनीमार्गमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएको हो ।

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी बैठकमा पनि बालकुमारी घटनाबारे छलफल भएको थियो । कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।

सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय

सरकारले मन्त्रिपरिषद्को पुस ५ र पुस १२ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ। उनीहरुलाई नेपाली नागरिकबाट हटाउने सरकारले जनाएको छ ।

अर्थतन्त्र बलियो बन्दै गएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताएका छन् । आज दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताए ।

“पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ”, प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ ।” उनले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो ।

दुई दिन बिदा थप्ने सरकारको निर्णय

सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले साविकको बिदामा माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको जानकारी दिइन् ।

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतले दुबै पक्षलाई छलफलमा आउन समेत आदेश दिएको छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : १६ बजे

केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण

काठमाडौं– फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’

फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको

त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ

पर्सा– गत शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा