बेल्जियन प्रधानमन्त्री डे क्रुले चीनलाई दिए ‘शत्रु’ मुलुकको संज्ञा « Khabarhub

बेल्जियन प्रधानमन्त्री डे क्रुले चीनलाई दिए ‘शत्रु’ मुलुकको संज्ञा


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- बेल्जियमका प्रधानमन्त्री अलेक्जाण्ड्र डे क्रुले चीनलाई ‘शत्रु’ मुलुकको संज्ञा दिएका छन् । बेल्जियमको कट्टर दक्षिणपन्थी भ्लामास बेलाङ पार्टीका केही सदस्यहरुलाई जासुसका रुपमा भर्ना गरेको आरोप सार्वजनिक भएपछि प्रधानमन्त्री डे क्रुले चीनलाई ‘शत्रु’ को संज्ञा दिएका हुन् ।

बेल्जियमका दुई अखबारहरु लेसोइर र डे स्टेन्डार्ड अखबारसँगको कुराकानीमा उनले भने, ‘हामीले विदेशी शक्तिहरु हाम्रो लोकतन्त्रलाई कतिसम्म घृणा गर्छन् भन्ने बिर्सिनुहुन्न । रुसजस्तो चीनले हाम्रो महादेशमा आक्रमण गरेको छैन तर यो देश कहिलेकहीँ शत्रुजस्तो हुन खोज्छ ।’

उनले बेल्जियन लोकतन्त्र बलियो रहेको भन्दै चीनले लोकतान्त्रिक व्यवस्थामा आफ्नो प्रभाव बढाउन खोजिरहेको उल्लेख गरे ।

हालै फाइनान्सियल टाइम्स, ला मोन्द, डेर स्पेइगलजस्ता समाचारपत्रले बेल्जियममा फ्लेमिस पृथकतावादको वकालत गर्ने कट्टर दक्षिणपन्थी भ्लामास बेलाङ पार्टीका फ्राङ क्रेइलमानले तीन वर्षदेखि चिनियाँ जासुससँग काम गरिरहेको खुलासा गरेका थिए । यस खुलासासँगै उनलाई पार्टीबाट बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ५४ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६