म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन « Khabarhub

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लामा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको जानकारी दिए । “दुई वर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्ठरोगका बिरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाको विवरण जिल्लामा अभिलेख हुँदैन, केहिले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ”, उनले भने ।

कार्यालयका अनुसार, दुई वर्षअघि जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या १३ थियो । अहिले दुई वर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई वर्षअघि प्रति १० हजार जनसङ्ख्यामा एक दशमलव नौ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको सङ्क्रमणदर घटेर शूल्य दशमलव.४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा शङ्कर लामिछानेले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगका कारण हुनसक्ने अपाङ्गतालगायतका स्वास्थ्य समस्यासमेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताए । उनले छदेखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोगको उपचार हुने भएकाले कुष्ठरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : १३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट