तोरीको तेलका फाइदै फाइदा « Khabarhub

तोरीको तेलका फाइदै फाइदा

मस्तिष्कको कार्यक्षमता बढाउँछ



घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ। तोरीको तेलका विभिन्न फाइदा छन्। यसबाट स्वस्थ छाला प्राप्त गर्न सक्नुहुन्छ। तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ। मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ। शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ। यसले मांसपेशी विकास गर्नसमेत सहयोग गर्छ। जसका कारण शरीरको बनावट पनि आकर्षक हुन्छ। तोरीको तेललाई उमालेको पानीमा मिसाएर पनि प्रयोग गरिन्छ। तोरीको तेलमा भिटामिन ‘ई’ पाइन्छ। यसलाई छालामा लगाउनाले सूर्यको पराबैजनी किरणबाट जोगाउँछ। यही कारणले गर्दा यसको प्रयोगले दाग र चाउरीपनबाट पनि धेरै हदसम्म राहत दिन्छ। यसले तपाईंको छाला सुन्दर र जवान देखिनेछ। साथै यदि तपाईंको छाला सुख्खा छ भने हात खुट्टामा तेल लगाएपछि पानीले नुहाउनुस्, छाला नरम हुन्छ। यदि तपाईंलाई जोर्नी दुख्ने समस्या छ भने तोरीको तेलले मालिस गर्नाले समस्या निको हुन्छ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा) २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ। यी एसिडलाई असल मानिन्छ। यी चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन। यसमा कार्बोहाइड्रेड, फाइबर, प्रोटिन, भिटामिन र मिनरल पाइदैंन। तरकारीको महत्वपूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन्। एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ। यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ। जसमा १४ ग्राम फ्याट हुन्छ। जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ।

मुटुका लागि उपयोगी
तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। यसका साथै ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ। यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्यायाउँछन्। तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ। यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाएर र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ। यसबाट मुटु रोगको खतरा कम हुन्छ।

प्राकृतिक शक्तिवर्द्धक
तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ। तोरीको तेलले छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ। यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ।

क्यान्सरको खतरा घटाउँछ
अनुसन्धानबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्त्व पाइएको छ। यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्री फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ। साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ। उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए। तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो।

चिसो र रुघा निको पार्छ
तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ। यसमा तातो बनाउने तत्त्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ। रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ।

जोर्नी दुख्ने र बाथ निको पार्छ
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसञ्चार बढाएर जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ। यसमा हुने ओमेगा थ्री फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्त्वका रुपमा काम गर्छ।

शरीरका अंगको कार्यमा सुधार ल्याउँछ
तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसञ्चारलाई बढाएर ताजा महसुस गराउँछ र अंगको कार्यक्षमता पनि बढ्छ। नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ। यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन्।

दममा उपयोगी
दम यस्तो रोग हो, जसको कुनै उपचार छैन। तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ। यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो। खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ। एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीन पटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ।

बुँदामा तोरीको तेलका फाइदा
– मष्तिष्कको कार्यक्षमता बढाउँछ,
– दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ,
– छाला स्वस्थ बनाउन मद्दत गर्छ,
– शरीरका काला धब्बा हटाउँछ,
– प्राकृतिक सनस्क्रीनको काम गर्छ,
– छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ,
– कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुन दिँदैंन,
– कपाल चाँडै फुल्न दिँदैंन।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : २१ बजे

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन