युक्रेन आक्रमणअघि पुटिनले जोनसनमाथि क्षेप्यास्त्र आक्रमणको धम्की दिएको खुलासा | Khabarhub Khabarhub

युक्रेन आक्रमणअघि पुटिनले जोनसनमाथि क्षेप्यास्त्र आक्रमणको धम्की दिएको खुलासा


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसी सेनालाई युक्रेनमाथि आक्रमण गर्न आदेश दिनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूमाथि निशाना बनाएर क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि भएको टेलिफोन वार्तामा पुटिनले जोनसनलाई उक्त चेतावनी दिएका हुन् ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्ने प्रयास गर्दै गर्दा पुटिनले उक्त चेतावनी दिएका थिए ।

“उनले मलाई एक पटक धम्की दिएका थिए र भनेका थिए ‘बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ’’’ पुटिनलाई उद्धृत गर्दै जोनसनले भनेका छन् ।

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा निकट पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिएका छन् ।

रुसी आक्रमणअघि उनले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताएका थिए ।

त्यसपछि पुटिनले जोनसनलाई सोधे, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’

जवाफमा जोनसनले भने, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तपाईँलाई यो कुरा राम्ररी थाह छ ।”

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ५५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले