पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको विष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो । विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

विष्फोटपछि मस्जिदको संरचना ध्वस्त भएको र भग्नावशेषमा धेरै मानिसहरु फसिरहेको हुनसक्ने प्रहरी अधिकारी सिकन्दर खानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले विष्फोटनका बेला उक्त मस्जिदमा ३ सय जनाभन्दा धेरै मानिसहरु भेला भएको जानकारी दिएका छन् ।

सुरक्षा अधिकारीले पछिल्लो विष्फोटन आत्मघाती आक्रमण भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सुरक्षा अधिकारीले केही समययता पाकिस्तानी तालिबानले ठूलो आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए । पछिल्लो समय तहरिक ए तालिबान पाकिस्तान टीटीपी भनिने पाकिस्तानी तालिबान र पाकिस्तानी प्रशासनबीचको सम्बन्ध बिग्रिँदै गएको बताइन्छ ।

पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले आक्रमणको निन्दा गर्दै अधिकारीहरुलाई घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाही गरिने आश्वासन पनि दिएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेशावर सहरमा बेलाबेला आक्रमण हुने गरेका छन् । गत वर्षको मार्च महिनामा पेशावरमा आत्मघाती बम आक्रमणकारीले विष्फोट गराउँदा ६४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५० बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ