इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल « Khabarhub

इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच छलफल


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति अल–सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न र दुई पक्षहरूद्वारा लिइएका एकपक्षीय कदमहरूलाई थप उत्तेजित पार्नबाट रोक्दै राजनीतिक र सुरक्षा स्तरहरूमा तत्काल छलफल चलाउन आग्रह गरेका थिए ।

इजिप्टका राष्ट्रपतिले अन्तरराष्ट्रिय अभ्यास र सन्दर्भअनुसार प्यालेस्टिनी जनताको अधिकारको ग्यारेन्टी गर्ने न्यायोचित समाधानमा पुग्न इजिप्टको दृढ अडानलाई दोहोर्याए। मध्यपूर्वको तीनदिने भ्रमणमा रहेका मन्त्री ब्लिन्केनले वाशिङटनले इजिप्टसँगको स्थिरता र शान्ति कायम गर्न बलियो समन्वयमा भरोसा गरिरहेको बताए । उनीहरुबीच साझा सरोकारका थुप्रै क्षेत्रीय र अन्तरारष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केन सोमबारपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न जाने कार्यक्रम तय भएको छ । रमाल्लाहमा प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग पनि उनले छलफल गर्ने बताईएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ४२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी