केदारनाथ मन्दिर हिउँले ढाकियो « Khabarhub

केदारनाथ मन्दिर हिउँले ढाकियो


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् ।

उत्तरकाशी प्रहरीले ट्वीटमा उल्लेख गरेको छ । वर्षा र हिमपातका कारण गङ्गोत्री राष्ट्रिय राजमार्ग सुक्की टोपभन्दा माथि धरासु बन्दरकोट र बन्दरकोट नजिकै आएका फोहोर र हिमपहिराका कारण अवरुद्ध भएको छ । यमुनोत्री राष्ट्रिय राजमार्ग जानकीछट्टी र राडी मार्ग पनि अवरुद्ध भएको छ। यात्रुहरूलाई सावधानीपूर्वक हिड्न भनिएको छ ।

केदारनाथ धामका द्वारहरू अप्रिल २६ मा र गङ्गोत्री र यमुनोत्रीका ढोकाहरू अप्रिल २२ मा जाडो बिदापछि मात्र खुल्ने मन्दिर व्यवस्थान समितिले जनाएको छ ।

केदारनाथ, यमुनोत्री र गङ्गोत्रीका द्वार खोल्ने मिति तय हुनासाथ चारधाम यात्राको तयारी पनि शुरु हुने बताइएको छ । यमुनोत्री, गङ्गोत्री र बद्रीनाथसहित चार धाम भनेर चिनिने चारवटा पुरातन तीर्थस्थलहरूमध्ये केदारनाथ प्रमुख तीर्थस्थल हो।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ४५ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,