प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् सातौँ पटक विस्तार हुँदै  « Khabarhub

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् सातौँ पटक विस्तार हुँदै 


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सातौँ पटक मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने बैठकबाट कुन दलले कुन मन्त्रालय पाउने भन्ने सहमति गरेर आजै नयाँ मन्त्रीको शपथ गराउने तयारी छ।

सत्तारुढ गठबन्धनमा हाल रिक्त १६ वटा मन्त्रालयसहित २३ वटा मन्त्रालयको भागबन्डा करिब टुंगो लागेको छ। जसअनुसार गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २३ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आए २ मन्त्रालय दिन सकिने गरी प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको बुझिएको छ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले भोलिपल्ट सानो आकारको मन्त्रीपरिषद् बनाएका थिए। त्यसपछि माघ ३, माघ १४, माघ २३, फागुन १४ र १६ गते मन्त्रीमण्डल विस्तार र हेरफेर गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : ४८ बजे

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत