राहदानी विभागको टोली पोर्चुगलमा, लिस्बनबाट सेवा दिन सुरु « Khabarhub

राहदानी विभागको टोली पोर्चुगलमा, लिस्बनबाट सेवा दिन सुरु


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिस्बन – युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए

यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो । बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए ।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : ५६ बजे

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’