मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’

गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार बनाउने आफ्नो चाहना रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई वटा मन्त्रालयमा मात्र कुरा मिल्न बाँकी रहेको सुनाए।

अन्त्यमा उनले भरतपुर वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक-दुई हप्ता भित्रै समाधान हुने पनि बताए।

झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनले दाबी गरेका छन्।

करिब १८ करोड रुपैयाँ उधारो र ऋण तिर्न बाँकी रहेको बताएको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन पत्राचार गरे पनि प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : २८ बजे

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल