मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’

गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार बनाउने आफ्नो चाहना रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक-दुई वटा मन्त्रालयमा मात्र कुरा मिल्न बाँकी रहेको सुनाए।

अन्त्यमा उनले भरतपुर वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक-दुई हप्ता भित्रै समाधान हुने पनि बताए।

झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनले दाबी गरेका छन्।

करिब १८ करोड रुपैयाँ उधारो र ऋण तिर्न बाँकी रहेको बताएको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन पत्राचार गरे पनि प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : २८ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा