सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली « Khabarhub

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लव नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाएका हुन् ।

उन्ले सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको उल्लेख गरे । नेपालमा हुने चूनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उन्ले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिए ।

साक्षात्कारमा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन उचित नभएकाले क्यालेण्डरबाट हटाउने चेतावनी दिए । संक्रमण न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुङ्गाउनुपर्ने उल्लेख गर्दै ओलीले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने स्पष्ट पारे ।

ओलीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिदै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ७ : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको